Thursday, December 9, 2010

Gazal - यस्तै त हो दुनियाँ


BY : Rudra Gyawali
From: Bhairahawa, Nepal












गजल-१

यस्तै त हो दुनियाँको काम हरे हरे
झूठ अलिकती छलछाम हरे हरे


लुट डकैतीका लिई भेटी फूलपाती
धर्मं गर्ने हिडे चार धाम हरे हरे

नगर भो कुरा अब न्याय निसाफका
कानूनका ठेली भित्र खाम हरे हरे

ग्रहणमा परेपछि जूनका के कुरा
उदाउदै अध्यारो छ घाम हरे हरे

मन कालो कलुषित पेटमा छ छुरा
अधरमा सधै राम राम हरे हरे

No comments: