From: Bhairahawa, Nepal
गजल-२
अनाहक विदेशमा बगेको छ खुन
त्यसैले त अँध्यारो छ पुर्णिमाको जुन
बताउँ के मन कती दुखेको छ आज
रोईरहे जस्तो लाग्छ बाँसुरीको धुन
कैलेसम्म भोग्ने नियती यो मुलुकले
शोकाकुल भई पर्ने छाती पिटी रुन
कैले खाडी कैले कारगिल कोसोभोमा
कहाँ कहाँ लगाउने रगतको गुन
अझै कति अकारण मर्ने नेपालीले
झाँतो भित्र गहुँसँग पिसिएझैँ घुन
चोट जति परे पनि खपी संयमले
नेपालीले सक्नुपर्छ हिमालझैँ हुन
०६१ भाद्र
Copyright © Rudra Gyawali
No comments:
Post a Comment