रामु गैरे, चिउरामाटी, अर्घाखाँची
अहिले दुबइमा कार्यरत..
सर्बप्रथम त आउँदै गरेको यो २०६७ साल बिजय दशमीको मंगलमय शुभकामना ब्यक्त गर्दै मैले एउटा शुभकामना रुपी कबिता सन्देशको रुपमा पठाउने जमर्को गर्दै छु एदी समाबेश गर्न योग्य भएमा समाबेश गरिदिनु होला|
रामु गैरे, चिउरामाटी, अर्घाखाँची अहिले दुबइमा कार्यरत
*शुभकामना दशैको !!!***
घर फोन गरेया थिए
दशै आयो रे !!!
कमेरोले घर पनि पोते होलान
घरको पर्खालमा मखमली
फुल पनि फुल्न लाग्या होलान
ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भईसक्यो
प्यारी श्रीमती अनी छोरा छोरीले मेरो बाटो हेर्दै होलान
निर्दयी भनी नभन्नु मलाई
यस सालको दशै पनि पर्खाइमै बित्ने भयो
यसैलाइ आशिर्बादको रुपमा लिनु
"सदा सर्बदा सुखी रहनु, जिबनको गोरेटोमा
कहिल्यै काँडा नआओस,रहोस् स्वोच्छ भाबना
दिर्घायु हुनु,हरेक कदम,हरेक काम सफल होस
यही छ मेरो बिदेशबाटै यो दशैको शुभकामना"
"आधी बेहरीको तुफान, हुरीको बेग जस्तै गती
बनी हरेक दु:ख, कष्ठहरुको गर्दै जानु सामना
म साथमा हुँ या न हुँ, रहुँ या नरहुँ
यही छ मेरो यो बिजय दशैको शुभकामना"
"सगरमाथाले जस्तै उच्च शिर उठाइ
आत्मविश्वाशका साथ रहोस् अटुट भावना
रहोस् सधैं हरेक परीवारमा मेलमिलाप
यो आउँदै गरेको बिजया दशैको शुभकामना"
यो २०६७ साल को आउँदै गरेको बिजया दशमी को शुखद पावन शुभ अबसरमा जती पनि देश
भित्र अथबा देश बाहिर छरिएर रहनु भएको सम्पूर्ण आमा , बुवा दाजु भाई दिदी बहिनी
सम्पूर्ण नाता गोता इस्टमित्र हरुमा दु:खको नाश होस खेतिबाली धेरै उब्जा होस्
ट्न्न् पैसा कमाउनु परिवारमा राम्रो मेलमिलाप होस् कहिल्यै बिरामी नपर्नु हरेक
पाइला हरुले सगरमाथा चुम्न सफल होस् जिबन को गोरेटोमा कहिल्यै ठेस् नलागोस
ब्यापार ले राम्रो नाफा गरोस साथै नेताहरुको दिमाग मा बुद्दी भरियोस जती सक्दो
छिटो प्रधान मन्त्री बनाउन सफल होस् देश मा कुनै पनि बिद्रोह नहोस् जोत्ने ले
हलो पाओस पढ्ने ले पुस्तक पाओस पार्टी हरुले जनता हरु सँग चन्दा नमागुन जनतालाई
दु:ख नदिउन । चन्दा नमागुन जनतालाई दु:ख नदिउन । मात्रै भन्न चाहन्छु हिमालझैँ
हाँस्नु सँधै, सगरमाथा झैँ अटल, छहारी भइ सितल दिनु, झराना झैँ चन्चल, नदी
जस्तै सुस्ताउनु , सुर्य जस्तै उदाउनु, आफ्नो मात्रै होईन दुखिको मन पनि
बुझाउनु, घमन्ड छोड्नु, झुटो नबोल्नु,पैसाको आसमा ईज्जत नबेच्नु, अनि, सफल रहोस
जिबन , उच्च भावन २०६७, बिजया दशमिको उपलक्ष्यमा यही छ मेरो शुभकामना
--
Thanks & Best Regards
-----------------------------------
R@mu Gaire
Dubai - U.A.E.
gaireram25@gmail.com
gaireram25@yahoo.com
gaireram25@hotmail.com
Mob. +971502129796
No comments:
Post a Comment